ग्वार्को फ्लाइओभर उद्घाटन

काठमाडौं- ललितपुर ग्वार्कोको फ्लाइओभर उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटनपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने छ ।


