Logo

आईएमई लाइफका बीमित, अभिकर्तालाई आमा हस्पिटलमा ५० प्रतिशतसम्म छुट

काठमाडौं- आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई आमा हस्पिटलमा उपचारसेवा लिँदा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ ।

जसअन्तर्गत क्यबिन बेडमा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत र हस्पिटलका अन्य सेवामा २० प्रतिशत साथै आकस्मिक एम्बुलेन्स सेवामा कुनै शुल्क लाग्ने छैन । साथै, हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशतको विषेश सहुलियत दिने भएको छ ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।

कम्पनीले यस्ता व्यावसायिक सम्बन्धमा निरन्तर बिस्तार गरी सेवालाई थप प्रभावकारी र स्तरीय बनाउँदै कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्