नेशनल लाइफको १५ प्रतिशत लाभांश पारित

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले हुने ५२ करोड १२ लाख १३ हजार ३०८.२० रुपैयाँ बराबरको नगद लाभांश र ५ प्रतिशतका दरले हुने २६ करोड ६ लाख ६ हजार ६५४.१० रुपैयाँ को बोनस सेयर वितरण प्रस्ताव पारित गरेको छ ।
सेयर र नगद लाभांश वितरणको कर प्रयोजनार्थ ०. ७८९४७३ प्रतिशतका दरले ४ करोड ११ लाख ४८ हजार ४१८.७० रुपैयाँ लांभाशबाट समायोजन गर्ने प्रस्तावसमेत साधारणसभाले अनुमोदन गरेको कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी पाँच अर्ब २१ करोड २१ लाख ३३ हजार छ । बोनस सेयर वितरणपछि यस्तो पुँजी पाँच अर्ब ४७ करोड २७ लाख रुपैयाँ पुग्नेछ ।
साधारणसभाले पाँच जना सञ्चालक निर्वाचित गरेको छ । संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट दुई सञ्चालक चयन भएका हुन् । यस्तै, साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको कम्पनीले जनाएको छ । कम्पनीको आव २०८०/८१ मा कुल बीमाशुल्क २१.९० प्रतिशतले वृद्धि भई २०४९.१२ करोड पुगेको छ ।