बाबुको कुटाइले छोरीको मृत्यू «

बाबुको कुटाइले छोरीको मृत्यू

झापाको शिवसताक्षी नगरपालिका–९मा बन्चरोको विडले हिर्काएर बाबुले झड्केली छोरीको हत्या गरेका छन् । शिवसताक्षीका ४६ वर्षिय भिमबहादुर ठटालले २६ वर्षकी छोरी रेखा ठटाल लिम्बूको हत्या गरेका हुन् ।
स्थानीयका अनुसार २६ वर्षीय रेखालाई उनका वाबुले बन्चरोको विडले हिर्काएका थिए । बाबुको कुटाइबाट गम्भिर घाईते भएकी रेखाको बिर्तामोड स्थित विर्ता सिटी हस्पिटलमा उपचारको क्रममा शुक्रबार विहान मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । ठटालले मादकपदार्थ सेवन गरी छोरीलाई कुटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्