Logo

ग्लोबल आईएमई बैंक–आइडिया नेपाल सम्झौता

काठमाडौं– ग्लोबल आईएमई बैंक र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)बीच सहकार्य सम्झौता भएको छ ।

ग्लोबले आइडिया नेपालको आधिकारिक बैंकको रूपमा सेवा उपलब्ध गराउने गरी सम्झौता भएको हो । बैंकले आफ्ना शाखाबाट आइडिया नेपालका सबै सदस्यलाई बैंकिङ सेवा–सुविधा उपलब्ध गराउनेछ ।

हाल बैंकले तीन सय ५२ शाखा, तीन सय ८५ एटीएम, एक सय ५८ शाखारहित बैंकिङ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्