कोरोना भाइरसको प्रकोप «

कोरोना भाइरसको प्रकोप

चीनमा एकै दिन २४२ को मृत्यु, मोबाइल वल्र्ड कंग्रेस रद्द

चीनमा कोरोना भाइरसको प्रकोप जारी छ । यसको संक्रमणका कारण मृत्यु हुनेको संख्यामा लगातार वृद्धि भइरहेको छ । चीनमा हालसम्म यो भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय नाघेको छ । बुधबार मात्रै २ सय ४२ को मृत्यु भएको थियो ।
यसैगरी यो संक्रमणका कारण बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेसमा पनि नराम्रो असर परेको छ । फेब्रुअरीको २४ देखि २७ सम्म हुने यो आयोजना पनि रद्द भएको छ ।
जीएसएमएका सिइओ जोन हाफम्यानले कोरोना भाइरसका कारण यो आयोजना हुन असम्भव भएको बताएका छन् । एमडब्लूसी फेब्रुअरीको २४ देखि २७ सम्म बार्सिलोनामा आयोजना हुने कार्यक्रम रहेको थियो ।
विभिन्न ठूला कम्पनीले कोरोना भाइरसका कारण मोबाइल वल्र्ड कंग्रेसलाई पाखा लगाएका छन्, जसमा एरिक्सन, अमेजन, सोनी, इन्टेल, एलजी, मिडिया टेक, भिभो, फेसबुक र नोकिया रहेका छन् ।

मोबाइल वल्र्ड कंग्रेस कम्पनीका लागि ठूलो प्लेटफर्म
यस पटक मोबाइल वल्र्ड कंग्रेसमा २ सय देशका करिब १ लाख प्रतिनिधि समावेश हुने तय भएको थियो । मोबाइल वल्र्ड कंग्रेस सबै ठूला कम्पनीका लागि आफ्नो उत्पादन लन्चिङ गर्न अन्तर्राष्ट्रिय प्लेटफर्म हुने गरेको थियो ।
उद्योगसँग सम्बन्धित मानिसका अनुसार कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । किनकि ठूला मोबाइल कम्पनीहरू चीनका रहेका छन्, जसमा शाओमी, ओपो, भिभो, रियलमी तथा पोको प्रमुख रहेका छन् । कोरोना भाइरसका कारण कम्पनीहरूको कारोबारमा असर परिरहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई अन्तर्राष्ट्रिय जन–स्वास्थ्य आपत्काल घोषणा गरेको छ । संगठनका महानिर्देशक टे«डोस अदनोमले भनेका छन्, “नयाँ कोरोना भाइरसबाट ग्रस्त निमोनियाँलाई संगठनले सीओभीआईडी–९ नाम दिएको छ ।” पहिलो खोप १८ महिनाभित्र तयार गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्