एनआईएमबी बैंकका ग्राहकलाई हिल्टन होटेलमा विषेश छुट

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)का ग्राहकलाई काठमाडौं स्थित हिल्टन होटेलमा विषेश छुट पाइने भएको छ । एनआईएमबी र हिल्टन होटेलबीच भएको सम्झौतामा बैंकका ग्राहकहरुलाई फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट दिने भएको छ ।
छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिँदै आएको छ ।