‘स्कुटर डे’ मनाउँदै यामाहा

यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’ (स्कुटर दिवस)का रूपमा मनाउने भएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगदानको कदर गर्दै यामाहाले स्कुटर डे मनाउन लागेको हो । “स्कुटरले हामीलाई आरामदायी यात्रा मात्र होइन आत्मविश्वास पनि दिलाउँछ । त्यसैले, सबैलाई मनपर्ने साधन स्कुटरको समपर्णमा हामीले स्कुटर डे मनाउने निर्णय गरेका हौं,” एमएडब्लू इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदीप पोखरेलले भने । स्कुटर डे यामाहाले गत साता सुरु गरेको ‘एसस्कुटर’ अभियानकै एउटा हिस्सा हो ।
निःशुल्क ‘स्कुटर वास’
स्कुटर डेका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना हुनेछ जसमध्ये निःशुल्क स्कुटर वास एउटा हो । स्कुटर डेमा राइडरहरूले यामाहाको कुनै पनि सर्भिस सेन्टरबाट जुनसुकै ब्रान्डको स्कुटर निःशुल्क वास गर्न सक्ने छन् ।
“हामीलाई आशा छ राइडरहरूले अभूतपूर्व अनुभव गर्नुहुनेछ । यामाहाको सर्भिस सेन्टरमा सबै ब्रान्डको स्कुटरको वास, त्यो पनि निःशुल्क,” यामाहाका सर्भिस हेड शरद मिश्रले भने । उनले सबै स्कुटर राइडरहरूलाई स्कुटरको हेरचाह, मर्मत, सर्भिसिङ गरेर र स्कुटरसँगको ‘बेस्ट मोमेन्ट’ सेयर गरेर स्कुटर डे मनाउन अपिल समेत गरेको छ ।
ट्राफिकलाई दुई वटा स्कुटर
‘स्कुटर डे’कै दिन आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लूले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा यामाहा स्कुटर हस्तान्तरण गर्नेछ । “हाम्रो यो सानो प्रयासले काठमाडौंको ट्राफिक व्यवस्थापनमा थोरै मात्र भए पनि सहयोग पुग्ने अपेक्षा हामीले गरेका छौ,” पोखरेलले भने । त्यसैगरी, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यामाहाले नेपालकै अग्रणी तथा सम्भवतः पहिलो स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेर स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ । स्कुटर डेमा यामाहाले काठमाडौंका पाँच स्थान (बानेश्वर, त्रिपुरेश्वर, चाबहिल, कुमारीपाटी र जडिबुटी) र यामाहा नेपाल तथा एसस्कुटर अभियानको फेसबुक पेजबाट पनि सडक सुरक्षासम्बन्धी सचेतना फैलाउने कार्यक्रमको आयोजना गर्नेछ ।
स्टाइल र कम्फोर्टका लागि यामाहा
भर्खरै नेपाली बजारमा उपलब्ध स्कुटरबारे गरिएको एउटा स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइने गरेको देखाएको थियो । “राइडिङमा स्टाइल र कम्फोर्ट महत्वपूर्ण कुरा हुन् र राइडरले यसैका लागि यामाहाका स्कुटरलाई मन पराउनु हाम्रो लागि ठूलो उपलब्धि हो,” यामाहाका चिफ म्यानेजर प्रकाश देवकोटाले भने, “राइडरहरूको यो विश्वासलाई कायम गर्न हामी कुनै कसर बाँकी राख्ने छैनौं ।”