Logo

लोकसेवा आयोग जुम्ला कार्यलयलद्वारा हाजिरी जवाफ प्रतियोगिता

काठमाडौं- लोकसेवा आयोग जुम्ला कार्यलयले आयोगको ७५औं वार्षिकोत्सव एवम् हीरक जयन्तीको अवसरमा माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ ।

सो क्षेत्रका ५ वटा विद्यालयबीच भएको प्रतिस्पर्धामा जनता माध्यमिक विद्यालय महतगाउँका अनिल गौतम, विबेक बोहोरा, सक्षिणा शाही समूह प्रथम भएको थियो । यसैगरी चन्दननाथ माध्यमिक विद्यालय खलङ्गाका ओम लोकेश बुढा, शुजाता काफ्ले र ब्रोकलिन महत समूह दोस्रो भएको थियो ।

यसरी नै भैरव मावि धुपिढुस्काका संस्कृति रोकाया, ऐनबहादुर रोकाया र रचना धरालाको समुह तेस्रो भएको थियो । विजयी समूहलाई पदक र शैक्षिक सामग्री प्रदान गरिएको थियो भने विद्यालयलाई शिल्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्