Logo

नेप्से परिसूचक घट्दा कारोबार रकम बढ्यो

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको दिन कारोबार रकम भने बढेको छ । बुधबार नेप्से परिसूचक १.०७ अंकले घटेर २ हजार ६ सय ५३ विन्दुमा कायम भएको हो ।

मंगलबार ७ अर्ब ६५ करोडको कारोबार भएकोमा बुधबार ९ अर्ब ८ करोडको किनबेच भयो । बुधबार धेरै कारोबार भएका पाँच कम्पनीमा सानिमा माइ हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, बुटवल पावर, ङादी ग्रुप र युनियन हाइड्रोपावर छन् ।

८८ कम्पनीको मूल्य बढ्दा १ सय ५९ कम्पनीको घट्यो भने एउटा स्थिर रहेकाे छ । दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी र जोशी हाइड्रोपावर छन् ।

हाइड्रोपावर ०.७४, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.३७ र अन्य समूह ०.१९ प्रतिशत बढेका छन् । बैंकिङ ०.१२, विकास बैंक १.२५, होटल तथा पर्यटन १.१३, फाइनान्स ०.४६, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.६२ तथा व्यापार समूह ०.१५ प्रतिशत घटेका छन् ।

युनियन हाइड्रोपावरको ९.२२, सिंगटी हाइड्रो इनर्जीको ८.०९ तथा पन्चकन्या माइ हाइड्रोपावरको ८.०५ प्रतिशत मूल्य बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको ७.३९, ग्रिन डेभलपमेन्ट बैंकको ३.८६ प्रतिशत घट्यो ।

प्रतिक्रिया दिनुहोस्