प्रभु बैंक र छिमेक लघुवित्तले संस्थापक सेयर बेच्ने

काठमाडौं– प्रभु बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री खुलाएका छन् । प्रभु बैंकको ९,८८२ कित्ता सेयर र छिमेक लघुवित्त वित्तको २ लाख ४४ हजार ४८० कित्ता बेयर बिक्रीका लागि मंगलबारबाट सिलबन्दी बोलपत्र खुला भएको हो ।
बोलकबोल माध्यमबाट प्रभु बैंकको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता सय र छिमेक लघुवित्तको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता तीन सय ९० रुपैयाँ तोकिएको छ ।
सेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैंकको न्यूनतम एक हजार कित्ता र र छिमेक लघुवित्तको न्यूनतम ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । आवेदन आगामी असार १० भित्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमा आवेदन पेस गर्न सकिनेछ ।