Logo

एनएमबीको नेतृत्वमा माथिल्लो मैवा जलविद्युत्को वित्तीय व्यवस्थापन

काठमाडौं– एनएमबी बैंक र तथा काङ हाइड्रोपावर कम्पनीच १७.८५ मेगावाट क्षमताको मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवाखोला जलविद्युत् आयोजनामा ऋण लगानी वित्तीय व्यवस्थापन सम्झौता भएको छ ।

यी आयोजना ताप्लेजुङमा रहेका छन् । ऋण सम्झौतामा एनएमबी बैंकका दिनेश दुलाल र सस्टेनेबल इनर्जी बैंकिङ तथा काङ हाइड्रोपावरका प्रबन्ध निर्देशक गणेशप्रसाद सुब्बाले हस्ताक्षर गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समयभित्र सम्पन्न गर्न र निर्माण गर्दा प्राविधिक, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यान दिएर अगाडि बढ्न कम्पनीलाई आग्रह गरे । बैंकले हालसम्म ५० बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्