Logo

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार नेप्से परिसूचक ३.९० अंकले घटेर २ हजार ६ सय ५४.७५ विन्दुमा कायम भएको हो ।

मंगलबार ३ सय ६ वटा कम्पनीका १ करोड ६४ लाख कित्ता शेयर ७ अर्ब ६५ करोडमा किनबेच भएको छ ।

मंगलबार जलविद्युत्, लघुवित्त र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

मंगलबार गार्जियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ । सबै समूहका सूचक घटेको दिन मंगलबार प्योर इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्