Logo

जलविद्युत् प्रभावितलाई एम्बुलेन्स

काठमाडौं– रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत्ले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको छ । आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बायोङ सु मिनले एम्बुलेक्सको चाबी पालिका अध्यक्ष माधवप्रसाद अर्याललाई हस्तान्तरण गरे ।

एम्बुलेन्स पालिकास्थित स्वास्थ्य चौकीले सञ्चालन गर्नेछ । आयोजनाको सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्‍याउने उद्देश्यले पालिकालाई सुविधासम्पन्न एम्बुलेन्स उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित अर्को आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिसकेको छ । कार्यक्रममा कम्पनीका सीईओ बायोङ सु मिनले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आधारभूत स्वास्थ्य सेवा पहुँच विस्तारलाई ध्यान दिएर उपलब्ध गराइएको बताए ।

प्रतिक्रिया दिनुहोस्