Logo

सिटिजन्सका ग्राहकलाई सोल्टी होटलमा छुट

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंस्थित सोल्टी होटल एन्ड रिसोर्टबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैंकका कार्डवाहक, प्रिभिलेज कार्ड वाहक र मोबाइल बैंकिङ ग्राहकले द सोल्टी होटल एन्ड रिसोर्टको सम्पूर्ण आउटलेटमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् ।

यो सुविधा प्राप्त गर्न ग्राहकले सोल्टी हेरिटेज क्लबमा नाम दर्ता गराउनुपर्नेछ । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । बैंकले डिजिटल बैंकिङ माध्यम प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्