Logo

एकैदिन २५ सय घट्यो सुनको मूल्य

काठमाडौं– सुनचाँदीकाे मूल्य घटेकाे छ । सुनको मूल्य एकैदिन दुई हजार पाँच सय घटेको छ भने चाँदी पाँच रुपैयाँले घटेकाे हाे ।

मंगलबार सुनको मूल्य तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै मंगलबार चाँदीकाे मूल्य तोलामा पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्