Logo

पोखरामा साढे १० करोड लगानीमा खुल्यो हिमालयन फरेस्ट रिसोर्ट

पोखरा– पोखरा महानगर–३१ बेगनासताल र रुपाताल नजिक पचभैया डाँडामा हिमालयन फरेस्ट रिसोर्ट सञ्चालनमा आएको छ । पोखराको मुख्य बजारदेखि शान्त र तालतलैया क्षेत्रमा प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गरी साढे १० करोड रुपैयाँ लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको पोखराका युवा व्यवसायी प्रमोद भण्डारीले बताए ।

बेगनास, रुपातालसहितका अन्य ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा दिने उद्देश्यले सो क्षेत्रमा रिसोर्ट सञ्चालनमा ल्याइएको उनको भनाइ छ । रिसोर्टमा डिलक्सदेखि सुइटसम्म गरी पहिलो चरणमा २१ वटा रुम छन् भने उक्त रुमको दुईदेखि ३ हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको छ ।

करिब ५ रोपनीमा फैलिएको रिसोर्टमा हाल ११ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । रिसोर्टमा १० करोड ८० लाख लगानी भएको बताउँदै सञ्चालक भण्डारीले एकै रातमा ६० जना पाहुनालाई व्यवस्थापन गर्न सकिने जानकारी दिए । रिसोर्टको औपचारिक उद्घाटन केही समयपछि गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्