६२.२५ प्रतिशत नागरिक खानेपानीको पहुँचमा

दाङ– जिल्लामा ६२.२५ प्रतिशत नागरिक पाइप प्रणालीमार्फत खानेपानीको पहुँचमा छन् । एक लाख ६२ हजार २६६ घरधुरीमध्ये एक लाख एक हजार आठ घरधुरीमा पाइप प्रणालीमार्फत खानेपानीको पहुँच पुगेको खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले जानकारी दिए । जुन ६२.२५ प्रतिशत हो ।
उनका अनुसार बंगलाचुली गाउँपालिकामा पाँच हजार १३९ घर धुरी रहेकामा एक हजार ८१९ घरधुरीमा पाइपमार्फत खानेपानीको पहुँच पुगेको छ । घोराही उपमहानगरपालिकामा ४९ हजार ७६१ घरधुरी रहेकोमा ३० हजार ९३४ घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । तुलसीपुर उपमहानगरपालिकामा ४६ हजार १८ घरधुरी रहेकोमा २९ हजार १५३ घरधुरीमा खानेपानीको पहुँच पुगेको छ ।
यसैगरी दंगीशरण गाउँपालिकामा पाँच हजार ८२५ घरधुरी रहेकोमा चार हजार ३३७ घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । शान्तिनगर गाउँपालिकामा छ हजार ९१९ घरधुरी रहेकोमा छ हजार २१८ घर धुरीमा खानेपानीको पहुँच पुगेको छ । त्यसैगरी बबइ गाउँपालिकामा सात हजार ५२७ घरधुरी रहेकोमा पाँच हजार १२ घरघुरीमा खानेपानीको पहुँच पुगेको छ ।
राप्ती गाउँपालिकामा ११ हजार ८२६ घरधुरी रहेकोमा सात हजार १४८ घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । गढवा गाउँपालिकामा नौ हजार ९६४ घरधुरी रहेकोमा छ हजार ७८३ घरधुरीमा खोपानीको पहुँच पुगेको छ । लमही नगरपालिकामा १३ हजार ४५८ घर धुरी रहेकोमा आठ हजार २२६ घरधुरीमा खोपानीको पहुँच पुगेको छ । यता राजपुर गाउँपालिकामा पाँच हजार ८२९ घरधुरी रहेकोमा एक हजार ३७८ घरधुरीमा खानेपानीको पहुँच पुगेको छ ।
पुँजीगत खर्च ७२.२८ प्रतिशत
खानेपानी तथा सरसफाइ कार्यालय दाङको हालसम्म पुँजीगत खर्च ७२.२८ प्रतिशत खर्च भएको छ । कार्यालय प्रमुख न्यौपानेका अनुसार २८ करोड ५७ लाख ७९ हजार बजेट रहेकोमा २० करोड ५६ लाख ७२ हजार खर्च भएको छ ।
चालुतर्फ एक करोड १४ लाख १९ हजार बजेट रहेकोमा एक करोड २ लाख ४४ हजार बजेट खर्च भएको छ । जिल्लामा यस वर्ष २६६ वटा आयोजना सञ्चालित थिए । संघन खानेपानी विकास कार्यक्रमअन्र्तगत १९५ आयोजनामध्ये १११ वटा सम्पन्न भएका छन् भने ८३ वटा सम्पन्न हुन नसकेको कार्यालय प्रमुख न्यौपानेले बताए ।
खानेपानी आयोजना मर्मत सुधार तथा विस्तार कार्यक्रमअन्तर्गत नौ वटा आयोजना रहेकोमा सबै कार्यान्वन भएका छन् । सरसफाइ तथा ढल व्यवस्थापनतर्फ दुई योजना कार्यान्वन भएका छन् । तराई मधेस खानेपानी सुधार कार्यक्रमअन्र्तगत ५० वटा योजनामध्ये ४४ वटा कार्यान्वन भएका छन् । जलवायुु अनुकुलित आयोजना वृहत अन्र्तगत आठ वटा योजना कार्यान्वन भएको छ । खानेपानी गुणस्तर अभिवृद्धि कार्यक्रम अन्र्तगत दुई योजना कार्यान्वनमा आएको प्रमुख न्यौपानेको भनाइ छ ।