मधेश प्रदेशको बजेट ४६ अर्ब ५८ करोड

जनकपुरधाम– मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सुनिलकुमार यादवले आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमध्ये चालु खर्चतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेटको स्रोतर्फ आन्तरिक राजस्वबाट ९ अर्ब ५० करोड ८३ लाख, वित्तीय समानीकरण अनुदानमा ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानमा ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानमा ३९ करोड ४५ लाख र समपूरक अनुदानतर्फ ३५ करोड ८२ लाख रुपैयाँ विनियोजना गरिएको छ ।
मन्त्रालयतर्फ भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १५ अर्ब ८८ करोड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६ अर्ब ४५ करोड, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई ४ अर्ब ४१ करोड, शिक्षा तथा संस्कृति मन्त्रालयतर्फ ३ अर्ब ५७ करोड, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयतर्फ ३ अर्ब ८ करोड, कृषि मन्त्रालयलाई २ अर्ब ८३ करोड, वन तथा वातावरण मन्त्रालयलाई २ अर्ब ३७ करोड, खेलकुद तथा सामाजिक कल्याण मन्त्रालयलाई १ अर्ब ६८ करोड, गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ६४ करोड ८९ लाख, श्रम तथा यातायात मन्त्रालयलाई ५७ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।