Logo

झनै घट्यो वाणिज्य बैंकहरूको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले असार महिनाका लागि ब्याजदरको सूचना शनिबार प्रकाशित गरेका छन् । प्रकाशित भएको सूचनाअनुसार बैंकहरूको औसत ब्याजदर जेठ महिनाको तुलनामा असारको लागि केही घटेको छ । जेठ महिनामा व्यक्तिगत मुद्दती मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ५.९५२ प्रतिशत विन्दु रहेको थियो ।

असार महिनामा ०.०५ प्रतिशतविन्दु घटेर ५.९०२ प्रतिशत विन्दुमा झरेको छ । २० बैंकमध्ये १५ बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन भने ५ बैंकले ब्याजदर घटाएसँगै औसत ब्याजदर पनि घटेको छ । असार महिनाका लागि ब्याजदर घटाउने बैंकहरूमा एभरेष्ट बैंक, कुमारी बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने एभरेष्ट बैंक र एनआईसी एशिया बैंकमा बढी छ । ति दुबै बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ६.५५ प्रतिशतका दरले ब्याज दिने भएका छन् । यस्तो निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंकहरूमा भने कृषि विकास बैंक र नेपाल बैंक रहेका छन् । यी दुई बैंकहरूको यस्तो निक्षेपको अधिकतम ब्याजदर ५.४५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्