‘आईरनमेन दुबई’ मा एकमात्र महिला नेपाली सहभागी «

‘आईरनमेन दुबई’ मा एकमात्र महिला नेपाली सहभागी

गत साता दुबईमा सम्पन्न ‘आईरनमेन दुबई’मा एक नेपाली जमुना कुमारी श्रेष्ठले सहभागिता जनाएकी छिन् । सम्भवतः नेपालीहरुको पहिलो पटक भएको उक्त सहभागितामा उनले कुल ८ घण्टा ७ मिनेट २० सेकेण्डमा प्रतियोगिता पूरा गरिन् ।
फ्रेबुअरी ७ मा सम्पन्न उक्त प्रतियोगितामा २७ देशका २२१० सहभागी थिए भने ५०५ महिला सहभागी र १७०५ पुरुष सहभागी थिए । १ं.९ कि.मी पौडी, १० कि.मी. साईक्लिङ र २१ कि.मी दौड सम्मिलित उक्त प्रतियोगितामा एकमात्र नेपाली प्रतियोगीको सहभागिताले अझ रोमाञ्चकता थपिएको थियो ।
नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुँदा एकदमै खुसी लागेको जमुनाले बताइन् । “मेरा लागि यो निकै चुनौतीपूर्ण थिया , तथापि मैले यसलाई स्विकार गरेर पूरा गरेकी छु,” उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्