Logo

भिजिट भिसामार्फत हुने मानव तस्करी छानबिन गर्न विपक्षी दलको माग

आजदेखि सञ्चालन भएको संसद् बैठकमा नेपालको सांसद पद निलम्बनसम्बन्धी जानकारी

काठमाडौं- लामो समयदेखि अवरुद्ध भएको प्रतिनिधिसभा बैठक शुक्रबारदेखि सञ्चालन भएको छ । प्रतिनिधिसभाको शुक्रबार बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएपछि बैठक सञ्चालन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू उठेर टेबुल ठटाइ विरोध गरिरहेका थिए ।

त्यसलगत्तै सभामुखले विपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नका लागि समय दिए । विपक्षी दलका प्रमुख सचेतक पाण्डेले यही जेठ १३ गतेदेखि निरन्तर अध्यागमन विभाग र भिजिट भिसा प्रकरणमा देखिएका बेथिति, भ्रष्टाचार, मानव तस्करी र विकृतिका विषयमा निरन्तर आवाज उठाउँदै आएको र त्यसको छानबिन गर्न माग गरे ।

सांसद पाण्डेले विपक्षीले राखेका सवाललाई नेपाल सरकारले विश्वस्त हुनेगरी सदनमा र व्यवहारमा देखाउने विश्वासका साथ सदनलाई सञ्चालन गर्ने सहमति गरेको जानकारी दिए । सांसद पाण्डेले अध्यागमन र भिजिट भिसा प्रकरणमा सरकारी कर्मचारी, ट्राभल ऐजेन्सी, म्यानपावर कम्पनी र एयरलायन्स आदिबारे सत्यतथ्य पत्ता लगाई दोषीउपर कडा कानुनी कारबाही गर्न माग गरे ।

यस्तै, सभामुख देवराज घिमिरेले सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरेको अभियोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हुनाले उक्त मुद्दाको किराना नहुँदासम्म सांसद पद स्वत: निलम्बन हुने सदनलाई गराए ।

आयोगले पताञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा हदबन्दीभन्दा बढी जग्गा खरिदका सम्बन्धमा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी भएको भन्ने अभियोग पूर्व प्रधानमन्त्री नेपालविरुद्ध दर्ता गरेकाले उनको सांसद पद स्वत: निलम्बन भएको सभामुख घिमिरे सदनलाई जानकारी गराए ।

सभामुख घिमिरले तत्कालीन माओवादीबाट २०६४ सालमा संविधानसभामा सभानुपातिक सदस्यमा निर्वाचित वीरेन्द्र ज्वारचनको ६९ वर्षको उमेरमा निधन भएकोप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको घोषणा गरे । समाजसेवीसमेत रहेका उनको जेठ २९ गते मुस्ताङस्थित आफ्नो निवासमा मृत्यु भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते आइतबार ११ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्