२० अर्ब हराएको छैन: नेपाल बैंक

काठमाडौं– नेपाल बैंकले केही सञ्चार माध्यममा बैंकबाट आर्थिक वर्ष २०७४/७५ मा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भनी प्रकाशन गरेको समाचार तथ्यहीन भएको प्रस्ट पारेको छ ।
बिहीबार बैंकले विज्ञप्ति निकालेर राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम हिसाबकिताब राख्दै र नियामकीय निकायलाई जानकारी दिने गरिएको बताएको हो ।
बैंकका लेखापरीक्षण भएका वित्तीय विवरण त्रैमासिक तथा वार्षिक रूपमा समेत सबैको जानकारीका लागि सार्वजनिक गरिने हुँदा भ्रामक समाचारमा विश्वास नगर्न बैंकले आग्रह गरेको छ । बैंकले नियामक निकायको नीति तथा निर्देशन पूर्ण पालनामा प्रतिबद्ध रहेको जनाएको छ ।