प्याननम्बर अद्यावधिक गर्न एनआईसी एसियाको आग्रह

काठमाडौं– एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ ।
बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टी विवरण आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजस्व विभागद्वारा जारी स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले ग्राहकले बैंकको प्यानअपडेट वेबसाइट, एनआईसी एसिया मोबैंक एपको प्यान अपडेट विकल्पमा ट्याब गरी आफ्नो प्याननम्बर अद्यावधिक गर्न सक्नेछन् ।
ग्राहकले आफूलाई पायक पर्ने जुनसुकै शाखाबाट समेत खातामा पाननम्बर अध्यावधिक गर्न आवेदन दिन सक्ने बैंकले जनाएको छ ।