सिद्धार्थ बैंकका ग्राहकलाई लोमस डिजिटलमा छुट

काठमाडौं– सिद्धार्थ बैंक र लोमस डिजिटल प्रालिबीच ग्राहकलाई ह्वीर्लपुल र किचन एड प्रडक्टमा विशेष छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले उत्तरढोकास्थित लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकको छ । बैंकले डिजिटल भुक्तानी प्रयोग बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न केही समयअघि सिद्धार्थ रिवार्डस् नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।