Logo

एभरेष्ट कलरकाे आईपीओ निष्काशन बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं- एभरेष्ट कलर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण सेयर ७ लाख ९० हजार कित्ता सेयर बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । उक्त कार्यको लागि कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइटेल तथा प्रत्याभुतिकर्ताको तर्फबाट लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच बुधबार प्रत्याभुति सम्झौता गरेको छ ।

अन्य कलर उधोग भन्दा पृथक ढँगले, सँगठीत स्वदेशी युवाहरुको लगानीमा विशेषत: नेपाल तथा नेपालीको भौतिक संरचनामा गुणस्तरीय एभरेष्ट कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्याई देशको सेवा गर्ने प्रमुख उद्देश्य लिएर संचालन भइरहेको कम्पनीलाई केयर रेटींङ्गस नेपालले डबल बी माईनस रेटींङ्ग प्राप्त भएकोे छ ।

प्रतिक्रिया दिनुहोस्