Logo

एयर इण्डियाको विमान दुर्घटना

काठमाडौं- भारतको गुजरात राज्यस्थित अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय सञ्‍चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विमान चिकित्सहरू बस्‍ने आवासमाथि खसेको छ । विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए ।

जसमा ५२ जना बेलायती नागरिक र एक जना क्यानडेली नागरिक रहेको पुष्टि भएको भारतीय सञ्‍चार माध्यमहरूले उल्लेख गरेको छ । यस्तै पोर्चुगलका ६ जना नागरिक रहेका छन् । अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडान भरेको केही समयपछि नै विमान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्