Logo

कुमारी बैंक र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरबीच सम्झौता

काठमाडौं- कुमारी बैंक लिमिटेड र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरबीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंक र गुर्जुधारा ट्रायल सेन्टरबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलोभर्‍यााङ्गले सवारी चालक अनुमतिपत्रको लागी प्रयोगात्मक परीक्षा सञ्चालन गराउँदै आएको गुर्जुधारा स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा उपलब्ध सम्पूर्ण ड्राइभिङ्ग कोर्सहरुमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्