सिटिजन्स बैंकद्वारा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा वृक्षारोपण सम्पन्न

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशको वनबाटिका तिलोत्तमा नगरपालिकामा र कर्णाली प्रदेशको भाइराम सामुदायिक वन, विरेन्द्रनगरमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वातावरण दिवस २०२५ को अवसरमा लुम्बिनी प्रदेशमा करिव १ सय ५ विभिन्न प्रजातिका विरुवा र कर्णाली प्रदेशमा १ सयभन्दा बढी विरुवा रोपेर बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानमा स्वस्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोग गरिसकेकाे छ ।