आई.एम.ई लाइफ र मेडिटेक इन्टरनेसनल हस्पिटलबीच सम्झौता

काठमाडौं- आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी र मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलबीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।
आई.एम.ई.लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिटेक इन्टरनेसनल हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।
यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।