महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५ सम्पन्न

काठमाडौं- महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ सम्पन्न भएको छ । गएको बुधबारदेखि शनिबार (चार दिन) सम्म काठमाडौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ ।
नबिल बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, मर्चेन्ट बैंक तथा लघुवित्त वित्तीय संस्थाका २४ टिमहरुले सहभागिता जनाएका थिए । साथै उक्त प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम समेत सोमबार सम्पन्न भएको थियाे ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई मिश्र र बैंकका अध्यक्ष राजेश उपाध्यायले संयुक्त रुपमा विजेता ट्रफी हस्तान्तरण गरेका हुन् ।
उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर नबिल बैंकका अमृत चौलागाई, उत्कृष्ट विकेट–किपर नबिल बैंकका विजय पारा लिम्बु, उत्कृष्ट बलर एन.एम.बी बैंकका अनिल बर्तौला, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी आइ.सि.एफ.सि.फाइनान्सका सुरज तिमिल्सिनाले जित्न सफल भएका छन् ।
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ का प्रायोजक, सहभागी टिम, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोय गरेका व्यक्ति/संस्थाहरुलाई बैंक हार्दिक आभार प्रकट गरेको छ ।