हिमालयन बैंकको लमजुङ गौडा शाखा दूधपोखरीमा स्थानान्तरण

काठमाडौं- हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये गौंडा शाखालाई स्थानान्तरण गरेको छ ।
बैंकले गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी ५, जोर्ने लमजुङबाट सोमबारदेखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको हाे ।
उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङ्गले बैंकका कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका हुन् ।