सिटिजन्स बैंकद्वारा गण्डकी प्रदेशमा यात्रु प्रतिक्षालय निर्माणसँगै वृक्षारोपण

काठमडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बेनी शाखाले गण्डकी प्रदेश बेनी नगरपालिका वडा नं ६ जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । करिब ५० हजारको लागतमा निर्मित यात्रु प्रतिक्षालय वडाका अध्यक्ष कृष्णसिङ बानियाँलाई हस्तान्तरण गरिएको छ ।
‘बिट द प्लाष्टिक’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवर्द्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल जेठ २७ गते मंगलबारको दिन गण्डकी प्रदेशको वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस हेखाखर्का, पोखरामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वातावरण दिवस २०२५ को दिन बृहत वृक्षारोपण कार्यक्रम पोखरा कास्की वडा नम्बर १५ मा करिव १०० भन्दाबढी विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।