ज्योति विकास बैंक–होटल मार्कोपोलो सम्झौता

काठमाडौं– ज्योति विकास बैंक र हात्तीसारस्थित होटल मार्कोपोलोबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैंकका ग्राहकले होटलमा खाना तथा रुम चार्जमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले विभिन्न व्यवसायसँग सहकार्य गर्दै ग्राहकलाई विशेष छुट र सुविधा दिइँदै आएको जनाएको छ । बैंकले ललितपुरस्थित बेक्ड एन्ड सर्भडमा १२ प्रतिशतसम्मको छुट, काठमाडौंस्थित भ्यू थ्री हनरेड ६० डिग्री रिसोर्ट र ललितपुरस्थित प्याराडाइज हिल्समा ग्राहकलाई १० प्रतिशतसम्मको छुट दिने सम्झौता गरेको छ ।