Logo

लक्ष्मी सन्राइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक

काठमाडौं– लक्ष्मी सन्राइज बैंकले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रतिको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको बैंकले जनाएको छ ।

यो प्रतिवेदन कार्बन अकाउन्टिङ फाइनान्सियल- पद्धतिअनुसार तयार पारिएको र ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्ने बैंकले बताएको छ । मूल्यांकन गरिएका पोर्टफोलियोबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २०२,०१३.४२ टन कार्बनअक्साइड बराबर रहेको थियो।

सन् २०४५ सम्म नेपालको नेट शून्य उत्सर्जन लक्ष्यअनुरुप बैंकले ग्रीन फाइनान्स, ऊर्जा–सदुपयोगी कर्जा तथा वातावरणीय जोखिम व्यवस्थापनजस्ता प्रयास विस्तार गर्दै आएको छ । सोही योजनाअन्तर्गत बैंकले चालू आर्थिक वर्षमा १० हजार बिरुवा रोप्ने पहल ‘मिसन १०,००० सञ्चालन गरेको छ। यसअन्तर्गत हालसम्म लगभग सात हजार ५ सय बिरुवा रोपिइसकेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्