Logo

नेपाल एसीबआई बैंक नेपाल पे कार्डमा आबद्ध

काठमाडौं– नेपाल एसबीआई बैंकले नेसनल कार्ड स्वीच तथा नेपाल पेट कार्डको सदस्य बन्न नेपाल क्लियरिङ हाउस(एनसीएचएल)सँग सम्झौता गरेको छ ।

सम्झौतामा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झौतासँगै बैंकले डोमेस्टिक कार्ड योजना नेपालपे कार्ड जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागि स्वीच एकीकृत गर्न सक्नेछ । कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत, राजेशकुमार पंडालगायत वरिष्ठ अधिकारीको उपस्थिति थियो ।

हाल बैंकले सय शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखारहित इकाइ, सात प्रादेशिक कार्यालय, एक सय २५ एटीएम र एउटा कर्पोरेट कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्