सिटिजन्स बैंकद्वारा मधेश प्रदेशमा वृक्षारोपण सम्पन्न

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सोमबार मधेश प्रदेशको धनुषामा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वातावरण दिवस २०२५ को अवसर पारेर मधेश प्रदेश, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३, मणी मण्डपमा करिव एक सय भन्दाबढि विभिन्न प्रजातिका विरुवा रोपेर बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरुमा स्वस्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेको छ ।