Logo

हिमालयन ट्राभल मार्ट सम्पन्न

काठमाडौं– हिमालयन ट्राभल मार्ट– २०२५ को पाँचौं संस्करण सम्पन्न भएको छ । विश्व पर्यटन समुदायका ३० मुलुकबाट एक सय बढी अन्तर्राष्ट्रिय सहभागी र सात सय बढी प्रतिनिधि सहभागी मार्ट शुक्रबार सम्पन्न भएको हो ।

‘माउन्टेन, माइलस्टोन्स एन्ड मोमेन्टम’ नारासहित मार्ट २०२५ ले पाटा नेपाल च्याप्टरको ५०औं वार्षिकोत्सवको विशेष अवसरमा नयाँ मापदण्डसमेत स्थापित गरेको छ । जुन ३ देखि ५ सम्म सोल्टी काठमाडौंमा आयोजित मार्टमा अन्तर्राष्ट्रिय क्रेता, बिक्रेता, सञ्चारकर्मी, पर्यटन व्यवसायी, नीति निर्माता र सरोकारवालाको सहभागिता थियो ।

पाटा नेपाल च्याप्टरद्वारा नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा विभिन्न सार्वजनिक तथा निजी क्षेत्रका साझेदारको सहकार्यमा मार्ट आयोजना गरिएको हो । मार्टमा सहभागी अतिथिले परिचयात्मक भ्रमणमा काठमाडौं, चितवन, पोखरा, पनौती, धुलिखेलजस्ता गन्तव्यमा पुगेर नेपालका विविध अनुभव अवलोकन गरे ।

यी यात्राले नेपालको सांस्कृतिक सम्पदा, वन्यजन्तु, सामुदायिक पर्यटन, साहसिक, स्वास्थ्य र अध्यात्मिक अनुभवलाई प्रत्यक्ष रूपमा अनुभूत गरेको पाटा नेपालले जनाएको छ । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्लेषकले आध्यात्मिक, साहसिक, विलासी पर्यटनको विचार आदान–प्रदान गरे ।

जुन ४ र ५ मा आयोजित सत्रमा २१ स्रोत– बजार राष्ट्रका ६० बढी अन्तर्राष्ट्रिय क्रेता र ६ वटा गन्तव्य मुलुकका राष्ट्रका ७० बढी बिक्रेताबीच २१ सय बढी पूर्व–निर्धारित व्यावसायिक बैठकहरू सम्पन्न भएका छन् । साथै, नयाँ पर्यटन साझेदारीलाई समेत अगाडि बढाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्