होन्डाको नि:शुल्क सर्भिस क्याम्प

काठमाडौं– नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले तीन दिने नि:शुल्क सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।
कम्पनीले काठमाडौं, ललितपुर, भक्तपुरलगायत सहरमा जेठ २७ देखि २९ सम्म धोबीघाटस्थित होन्डा सर्भिस सेन्टरमा क्याम्प सञ्चालन गर्ने भएको हो । क्याम्पमार्फत सेवा तथा सुरक्षाको थप सुनिश्चितता उपलब्ध गराउने कम्पनीको उद्देश्य छ । क्याम्पमा २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीमा होन्डा सेफ्टी रिकल कार्यक्रमअन्तर्गत नि:शुल्क एयरब्याग परिवर्तन गरिनेछ ।
ग्राहकले विभिन्न सेवा– सुविधामा विशेष छुट पाउन सक्ने कम्पनीले जनाएको छ । लेबर चार्जमा १० प्रतिशत, पार्टमा ७ प्रतिशत, लुब्रिकेन्टमा ५ प्रतिशत, एसी रिफिलमा २० प्रतिशत र डेन्टपेन्ट सेवामा १० प्रतिशत छुट र एचडिएस स्क्यान सेवा नि:शुल्क पाउन सक्नेछन् ।