Logo

प्रभु बैंकका ग्राहकलाई होटल यार्सामा छुट

काठमाडौं– प्रभु बैंक होटल यार्साबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैंकका ग्राहकले होटल यार्सामा १५ प्रतिशत छुट पाउनेछन् ।

सम्झौताअनुसार ग्राहक र कर्मचारीले होटलका कोठा बुकिङ गर्दा १५ प्रतिशत छुट पाउने भएका हुन् । होटल यार्सा जिरी नगरमा अवस्थित छ । सहकार्यअन्तर्गत होटलको खाना तथा पेयपदार्थमा ५ प्रतिशत छुट ग्राहकलाई दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्