Logo

इन्फिनिटी लघुवित्तकको सीईओमा ज्ञानेश्वर पन्त

काठमाडौं– इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन् ।

कम्पनीको शनिबार बसेको सञ्चालक समितिको ११५औं बैठकले आइतबारदेखि लागू हुने गरी चारवर्षे कार्यकालका लागि पन्तलाई सीईओमा नियुक्त गरेको हो ।

लघुवित्त क्षेत्रमा १२ वर्ष बढी कार्यानुभव रहेका पन्तले संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत/कम्पनी सचिवको भूमिकामा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्