Logo

हिमालयन बैंकको न्यूरोड शाखा स्थानान्तरण

काठमाडौं- हिमालयन बैंक लिमिटेडले न्यूरोड शाखा– २ लाई स्थानान्तरण गरेको छ ।

बैंकले नजिक भएका शाखा सञ्जालहरु मध्ये उक्त शाखा स्थानान्तरण गरी काठमाडौं महानगरपालिका– २७, ठमेल, काठमाडौंस्थित संचय कोष भवनबाट यही जेठ २५ गतेदेखि ठमेल शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्