Logo

हुलास फिनसर्भ–त्रिवेणी व्यापार वित्तीय साझेदारी

काठमाडौं– हुलास फिनसर्भ हायर पर्चेज र नेपालका लागि सामसुङ उपभोक्ता इलेक्ट्रोनिक्सको अधिकृत वितरक त्रिवेणी व्यापार कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापछि ग्राहकले सामसुङ टिभी, फ्रिज, वासिङ मेसिनलगायतका सामग्री हुलास फिनसर्भबाट सजिलो किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । यो पहलले नेपाली परिवारका लागि विश्वस्तरीय घरेलु उपकरण सुलभ र पहुँचयोग्य बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

दुवै कम्पनीले यस सहकार्यले उपभोक्तालाई सहज किस्ताबन्दी योजनामार्फत उत्कृष्ट इलेक्ट्रोनिक्स सामग्रीमा पहुँच वृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्