नेपाल इन्भेष्टमेन्ट मेगा बैंक–एनईए सम्झौता

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए)बीच सम्झौता भएको छ । दुई संस्थाबीच विस्तारित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले व्यावसायिक सम्झौता भएको हो । सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनका अध्यक्ष ई.सुभाषचन्द्र बरालबाट हस्ताक्षर गरे ।
सम्झौतापछि एनईएका सदस्यलाई विभिन्न सेवामा बैंकले विशेष छुट दिनेछ । सम्झौताअनुसार एसोसिएसनका सदस्यलाई लक्षित गरी बैंकका २७५ शाखाबाट प्रोफेसनल बचत खाता खोलेर १० लाखसम्मको दुर्घटना बीमा सुविधासहित व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिट–क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुट उपलब्ध हुनेछ ।