Logo

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद आवेदन खुल्यो

काठमाडौं– छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर आवेदन शुक्रबारदेखि खुलेको छ । कम्पनीले १०० अंकित मूल्यमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनका लागि आवेदन खुलाएको हो ।

कम्पनीले १:१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयरमा असार १२ सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

हाल छ्याङ्दी हाइड्रोपावरको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ छ । हकप्रदपछि यस्तो पुँजी ७७ करोड ३९ लाख ५५ हजार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्