माछापुच्छ्रे क्यापिटल र नर्थ समिट हाइड्रोबीच प्राथमिक शेयर निष्कासन सम्झौता

काठमाडौं- माछापुच्छ्रे क्यापिटल लिमिटेड र नर्थ समिट हाइड्रो लिमिटेडबीच नर्थ समिटले जारी गर्ने ३८ लाख ४० हजार कित्ता प्राथमिक शेयर निष्कासनका लागि सम्झौता भएको छ । कुल ३८ करोड ४० लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न माछापुच्छ्रे क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक र संस्थागत परामर्शदाताको रूपमा नियुक्त गरिएको हो ।
सम्झौतामा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नर्थ समिटका प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन् । नर्थ समिटले लमजुङको मर्स्याङदी गाउँपालिकामा न्यादी र फिदीखोलाको पानी उपयोग गरी २१.४ मेगावाट क्षमताको न्यादीफिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।