धनगढीमा दिगो डाँफेको ईभी बिक्री सुरु

धनगढी– नेपालका लागि आधिकारिक बिक्रेता एनइभी नेपाल प्रालिले दिगो डाँफेको विद्युतीय गाडी (ईभी) धनगढीमा बिक्री सुरु गरेको छ । एनइभीले बिहीबार धनगढीमा सोरुम सञ्चालन गरी डिएफएसके डाँफे ब्रान्डका विद्युतीय गाडी बिक्री सुरु गरेको हो ।
सुदूपश्चिम प्रदेशको आधिकारिक बिक्रेता ख्वाजा टेड्रर्सले धनगढीको बोराडाँडीमा सञ्चालन गरेको सोरुम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उद्घाटन गरे ।
एनइभी नेपालका सीईओ सौरभ श्रेष्ठले डाँफे ब्रान्डका विद्युतीय गाडी नेपाल भित्रिएको पहिलो ईभी रहेको बताए । उनले यी गाडी पाँच वर्षदेखि नेपालका सडकमा गुडिरहेका र पूरै मेटल बडी भएका एवं ग्राउन्ड क्लियरेन्स उच्च रहेकाले पहाडी कच्ची सडकमा उपयुक्त रहेको दाबी गरे ।
व्यवसायीले यो ब्रान्डलाई सबैभन्दा बढी रुचाएको उनको दाबी छ । उनले धनगढीबाटै गाडी खरिद तथा मर्मत सेवा उपलब्ध गराइएको ख्वाजा टेड्रर्सका प्रबन्ध निर्देशक डा. मेराज आलम अन्सारीले जनाए ।