Logo

कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

काठमाडौं– कामना सेवा विकास बैंकले झापाको सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा बैंकको इँटाभट्टा शाखा प्रबन्धक निर्जर पौडेलले विद्यालयका प्रधानाध्यापक फूलमाया बुढाथोकीलाई नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ४० जना विद्यार्थीका लागि शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । विद्यार्थीलाई झोला, कापी, कलम, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्