Logo

सिटिजन्स बैंकद्वारा र्‍यापिड बैंकिङ प्रणाली

काठमाडौं– सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याब्स प्रालिसँगको सहकार्यमा व्यावसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म र्‍यापिड सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यो सेवाअन्तर्गत पहिलो चरणमा व्यावसायिक ग्राहकको सहमतिमा र्‍यापिडले ईआरपी प्रणालीलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले ईआरपीभित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिनेछ ।

र्‍यापिडले दोस्रो चरणमा विश्वव्यापी मापदण्ड आईएसओ २००२२ तथा तथा एमएफए आउथ टूजस्ता प्रविधि प्रयोग गरी भुक्तानी प्रारम्भ गर्ने सुरक्षित एपीआई उपलब्ध गराउनेछ, जसमा भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता (एकल वा बहु–हस्ताक्षर) परिभाषित गर्न सकिने, क्यूआर कोड र कार्डमार्फत गरिएका कारोबार सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस्तै, कर्मचारीको तलब भुक्तानीलाई प्रभावकारी र स्वचालित गराउन सकिने, एउटा खाताबाट अर्को खातामा रकमान्तर तथा अन्तरबैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन सकिने, अनलाइन खाता खोल्न सकिनेजस्ता सेवा उपलब्ध हुनेछन् । र्‍यापिडले विश्वव्यापी मापदण्ड पालना गर्छ, जसले वित्तीय डेटा स्पष्ट, स्थिर र विश्वासिलो ढाँचामा प्रस्तुत गर्न सुनिश्चित गर्ने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्