रोल्पाका स्थानीय तहलाई ३ अर्ब ४५ करोड अनुदान

रोल्पा– संघीय सरकारले रोल्पाका स्थानीय तहलाई ३ अर्ब ४५ करोड अनुदान दिने भएको छ । आगामी वर्षको लागि सार्वजनिक गरिएको बजेटले उक्त कुरा सार्वजनिक गरेको हो । दश स्थानीय तह रहेको रोल्पामा आगामी आव २०८२/८३ को लागि रोल्पाका स्थानीय तहहरूलाई ३ अर्ब ४५ करोड ८४ लाख अनुदान दिने बजेटमा उल्लेख छ । चालु आवमा ३ अर्ब २९ करोड १५ लाख अनुदान प्रदान गरिएको थियो । चालु आवको तुलनामा १६ करोड ६९ लाख बढी हो ।
सबैभन्दा बढी अनुदान रोल्पा नगरपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा कम थबाङ गाउँपालिकाको रहेको छ । अन्य नौ वटा स्थानीय तहको अनुदान रकम बढेर आएको छ भने थबाङ गाउँपालिकाको अनुदान भने चालु आवको तुलनामा घटेर आएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरणअनुसार संघीय सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, र समपूरक अनुदान गरी चार शीर्षकबाट अनुदान प्रदान गर्ने गर्दछ । सोही अनुदानको आधारमा स्थानीय सरकारले बजेट निर्माण गर्ने गर्छ ।
आगामी वर्षको लागि रोल्पाका स्थानीय तहहरूलाई समानीकरण अनुदान ९२ करोड ४२ लाख, सशर्त अनुदान २ अर्ब २७ करोड ३८ लाख, विशेष अनुदान १६ करोड ३२ लाख र समपूरक ९ करोड ६५ लाख प्रदान गरिने भएको छ । आव २०८१/८२ मा रोल्पाका स्थानीय तहलाई समानीकरण अनुदान ८८ करोड ४९ लाख, सशर्त अनुदान २ अर्ब २५ करोड ४६ लाख, विशेष अनुदान ९ करोड २० लाख र समपूरक ६ करोड रुपैयाँ प्रदान गरिएको थियो ।
कुन पालिकालाई कति अनुदान ?
रोल्पा नगरपालिकाले समानीकरण अनुदानतर्फ ११ करोड ६६ लाख पाउने भएको छ । जसमा न्यूनतम अनुदान ४ करोड ५० लाख, सूत्रमा आधारित ६ करोड ६३ लाख र कार्यसम्पादनमा आधारित ५३ लाख रहेको छ । सशर्त अनुदानमा चालुतर्फ २८ करोड ९ लाख, पुँजीगततर्फ २ करोड ७६ लाख गरी ३० करोड ८५ लाख रहेको छ । विशेष अनुदानतर्फ १ करोड ६ लाख र समपूरक अनुदानतर्फ ५० लाख रुपैयाँ पाउने भएका छन् ।
त्रिवेणी गाउँपालिकाले समानीकरण अनुदान १० करोड १६ लाखमा न्यूनतम अनुदान ४ करोड २५ लाख, सूत्रमा आधारित ५ करोड ४३ लाख र कार्यसम्पादनमा आधारित ४८ लाख रुपैयाँ पाउने भएको छ । सशर्त अनुदानमा चालुतर्फ २२ करोड ५४ लाख, पुँजीगततर्फ ५ करोड २१ लाख गरी २७ करोड ७५ लाख रहेको छ । विशेष अनुदानमा ८५ लाख र समपूरक अनुदानमा ८७ लाख पाउने भएको छ । आव २०८२/८३ मा त्रिवेणीले कुल ३९ करोड ६३ लाख पाउने भएको छ । आव २०८१/८२ मा ३६ करोड ३१ लाख अनुदान प्राप्त गरेको थियो ।
थबाङ गाउँपालिकाले समानीकरण अनुदानमा न्यूनतम अनुदान ३ करोड ५० लाख, सूत्रमा आधारित ३ करोड र कार्यसम्पादनमा आधारित ५० लाख गरी ७ करोड पाउने भएको छ । सशर्त अनुदानमा चालुतर्फ ११ करोड ६३ लाख, पुँजीगततर्फ ६५ लाख गरी १२ करोड २८ लाख, विशेष अनुदानमा चालुतर्फ ७० लाख र पुँजीगततर्फ ६९ लाख गरी १ करोड ३९ लाख र समपूरक अनुदानतर्फ ७४ लाख रुपैयाँ पाउने भएको छ ।
परिवर्तन गाउँपालिकाले समानीकरण अनुदानमा न्यूनतम ३ करोड ७५ लाख, सूत्रमा आधारित ४ करोड ५८ र कार्यसम्पादनमा आधारित ५८ लाख गरी ८ करोड ९१ लाख पाउने भएको छ । सशर्त अनुदानमा चालुतर्फ १९ करोड ०५ लाख, पुँजीगततर्फ ४ करोड १२ लाख गरी २३ करोड १७ लाख, विशेष अनुदानमा ६७ लाख र समपूरक अनुदानतर्फ २ करोड ६० लाख पाउने भएको छ ।
माडी गाउँपालिकाले समानीकरण अनुदानमा न्यूनतम अनुदान ३ करोड ५० लाख, सूत्रमा आधारित ४ करोड १३ र कार्यसम्पादनमा आधारित ४४ लाख गरी ८ करोड ७ लाख पाउने भएको छ । सशर्त अनुदानमा चालुतर्फ १६ करोड १८ लाख, पुँजीगततर्फ १ करोड ५८ लाख गरी १७ करोड ७६ लाख, विशेष अनुदानमा चालुतर्फ २ करोड ३० लाख र पुँजीगततर्फ ५० लाख गरी २ करोड ८० लाख र समपूरक अनुदानतर्फ १ करोड ४२ लाख पाउने भएको छ ।
रुन्टीगढी गाउँपालिकाले समानीकरण अनुदानमा न्यूनतम अनुदान ४ करोड २५ लाख, सूत्रमा आधारित ५ करोड ८३ र कार्यसम्पादनमा आधारित ४३ लाख गरी १० करोड ५१ लाख पाउने भएको छ । सशर्त अनुदानमा चालुतर्फ २४ करोड ६५ लाख, पुँजीगततर्फ १ करोड ६६ लाख गरी २६ करोड ३१ लाख, विशेष अनुदानमा १ करोड ९५ लाख र समपूरक ५६ लाख पाउने भएको छ ।
लुंग्री गाउँपालिकाले समानीकरण अनुदानमा न्यूनतम अनुदान ३ करोड ७५ लाख, सूत्रमा आधारित ४ करोड ७० र कार्यसम्पादनमा आधारित ५४ लाख गरी ८ करोड ९९ लाख पाउने भएको छ । सशर्त अनुदानमा चालुतर्फ १९ करोड २१ लाख, पुँजीगततर्फ ४ करोड ३ लाख गरी २३ करोड २४ लाख, विशेष अनुदानमा १ करोड ६५ लाख र समपूरक ६१ लाख रुपैयाँ पाउने भएको छ ।
गंगादेव गाउँपालिकाले समानीकरण अनुदानमा न्यूनतम अनुदान ३ करोड ७५ लाख, सूत्रमा आधारित ४ करोड ४७ लाख र कार्यसम्पादनमा आधारित ५१ लाख गरी ८ करोड ७३ लाख पाउने भएको छ । सशर्त अनुदानमा चालुतर्फ १८ करोड ४० लाख, पुँजीगततर्फ २ करोड ९ लाख गरी २० करोड ४९ लाख, विशेष अनुदानमा चालुतर्फ २ करोड ८४ लाख, पुँजीगततर्फ ८५ लाख गरी ३ करोड ६९ लाख र समपूरकतर्फ ६६ लाख रुपैयाँ पाउने भएको छ ।
सुनछहरी गाउँपालिकाले समानीकरण अनुदानमा न्यूनतम अनुदान ४ करोड, सूत्रमा आधारित ३ करोड ६० लाख र कार्यसम्पादनमा आधारित ४८ लाख गरी ८ करोड ८ लाख रुपैयाँ पाउने भएको छ । सशर्त अनुदानमा चालुतर्फ १५ करोड ३९ लाख, पुँजीगततर्फ ३ करोड ६७ लाख गरी १९ करोड ६ लाख, विशेष अनुदानमा चालुतर्फ १ करोड ६५ लाख र समपूरक ८० लाख रुपैयाँ पाउने भएको छ ।
सुनिलस्मृति गाउँपालिकाले समानीकरण अनुदानमा न्यूनतम अनुदान ४ करोड, सूत्रमा आधारित ५ करोड ७५ लाख र कार्यसम्पादनमा आधारित ५६ लाख गरी १० करोड ३१ लाख पाउने भएको छ । सशर्त अनुदानमा चालुतर्फ २३ करोड ९१ लाख, पुँजीगततर्फ २ करोड ५६ लाख गरी २६ करोड ४७ लाख, विशेष अनुदानमा पुँजीगततर्फ ६८ लाख र समपूरक ८९ लाख पाउने भएको छ ।